बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरस : एकै दिन ५७ जना बढे, नेपालमा संक्रमित संख्या १९१ पुग्यो

दैनिक नेपाल २०७७ वैशाख ३० गते १३:३५

काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ पाइएको छ । योसँगै कुल संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्र कपिलबस्तुमा ८, रुपन्देहीमा ९, पर्साका ३९ र बाराका एक जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको हो ।

संक्रमति सबै पुरुष रहेको र उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका हुन् । यसअघि सोमबारसम्म १३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित