
दोहा, ३० वैशाख । कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको अतुलनीय योगदानका लागि आभार स्वरुप १,००,००० निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ ।
एयरलाइनले दोहाको समय अनुसार मे १२ मध्य राती १२ बजेदेखि मे १८ राती ११ः५९ बजेसम्म टिकटहरु वितरण गर्नेछ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।
दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ ।















प्रतिक्रिया