७ मंसिर २०८३, सोमबार

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३० वैशाख । सिरहा जिल्लाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरदकुमार क्षेत्रीले जानकारी दिए ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए ।