७ मंसिर २०८३, सोमबार

प्रहरीले विद्यार्थी पक्राउ गरेपछि सरकारसँग रिसायाे कांग्रेस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सोमबार काठमाडाैंमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेगायत १०० भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको कांग्रेसको जनाएको छ । कांग्रेसले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा हस्तक्षेप भएकाे भन्दै सरकारसँग रिसाएकाे हाे ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्काल उनीहरूलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनीतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपील गरेका छन् ।