बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

दक्षिण कोरियाको नाइट क्लबमा कोरोनाका ९४ संक्रमित फेला

दैनिक नेपाल २०७७ वैशाख ३० गते ९:४२

साेल, ३० वैशाख । दक्षिण कोरियाको राजधानी सिओलको नाइट क्लब रहेको क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सिओलको नाइटलाइफ क्षेत्रमा बनेको क्लस्टरमा ९४ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

दक्षिण कोरिया सरकारले भौतिक तथा सामाजिक दूरीका नियमहरु खुकुलो बनाएपछि संक्रमण बिस्तार हुन थालेको हो । संक्रमण फेरि फैलिन थालेपछि यो हप्ता खोल्ने तयारी रहेका विद्यालयहरु नखुल्ने भएका छन् ।

दक्षिण कोरियाले अत्याधिक परीक्षण तथा कन्ट्याक ट्रेसिङ्गका लकडाउन लागु नगरी संक्रमण नियन्त्रणमा लिन सफल भएको हो ।

तर नाइट क्लब रहेका क्षेत्रमा क्लस्टर बनेपछि कन्ट्याक ट्रेसिङ्ग कठिन बनेको छ । केही नाइट क्लबहरुमा समलिंगी पुरुष पनि जाने र त्यहाँ ट्रेसिङ्ग गर्न गाह्रो भएको हो ।

दक्षिण कोरियामा कायम रहेको होमोफोबियाका कारण नाइट क्लबमा आउने केहीले आफ्नो सही नाम नबताउने गरेका छन् । सोही कारण दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले पहिचान गोप्य राख्ने गरी परीक्षणको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित