७ मंसिर २०८३, सोमबार

खोटाङमा भुजेल वनमा मृत फेला परे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिक्तेल, ३० वैशाख । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार रातमाटाका ५५ वर्षीय पदमबहादुर भुजेल मृत फेला परेका छन् ।

वैशाख २५ गते बिहानदेखि बेपत्ता भुजेल सोमबार बिहान खोटाङ बजारकै मतकेना सामुदायिक वनमा मृत फेला परेका हुन् ।

खेतमा पानी लगाउन भन्दै वैशाख २५ गते बिहान करिब नौ बजेतिर घरबाट हिँडेका थिए । चार दिनसम्म घर नआएपछि स्थानीयसहित प्रहरीले खोजी गर्दा सोमबार बिहान सात बजेतिर मतकेना सामुदायिक वनको बाटोभन्दा करिब तीन सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।

भुजेलको शव पोस्टर्माटमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।