६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया लघुवित्तले ब्याजमा १० प्रतिशत छुट दिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० वैशाख । एनआईसी एशिया लघुवित्तले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्य महानुभावहरूलाई लागू गरेको छ ।

राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्य महानुभावको यस संस्थाको खातामा जम्मा गरिनेछ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम रु. १९,८३,५६७७ ग्राहकको खातामा जम्मा गरिसकेको व्यहोरा सहर्ष जानकारी गराएकाे छ ।