
काठमाडौँ, २९ वैशाख । लकडाउन खुकुलो बनाउने निर्णय उदयपुरमा चर्काे विरोधपछि उल्टिएको छ । जिल्ला समन्वय समितिले आइतबार त्यहाँ लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।
सर्वसाधारणले लकडाउन खुकुलो भए कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने भन्दै चर्काे आलोचना गरेका थिए । जिल्ला समन्वय समितिले दैनिक जीविकोपार्जनमा समस्या भएको भन्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।
तर संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउनमा कडाई गर्ने भएको छ । उदयपुरमा ३२ जना कोरोना संक्रमतिमध्ये १४ जना उपचारपछि क्वारेन्टाइनमा छन् । बाँकीको उपचार भइरहेको छ ।















प्रतिक्रिया