३ कार्तिक २०८३, मंगलबार

एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना पुष्टि भएको छ । अहिले बेलुका थप १३ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोरोना संक्रमितबारे जानकारी दिएको हो ।

मन्त्रालयका अुनसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी १३ जना संक्रमित बढेका हुन् ।

यसअघि विहान कपिलवस्तुमा १० जना र सप्तरी १ जना कोरोना संक्रमित थपिएका थिए ।

यससँगै नेपालमा संक्रमितको संख्या १३४ जना पुगेको छ ।