३ कार्तिक २०८३, मंगलबार

कालापानी नजिकै सशस्त्रको सीमा सुरक्षा पोष्ट राखिँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । सरकारले कालापानी नजिकै सशस्त्र प्रहरी बल नेपालको बोर्ड आउट पोष्ट स्थापना गर्ने भएको छ । दार्चलाको व्यास गाउँपालिकामा पर्ने कालापानी नजिकै छांगरुमा सशस्त्र प्रहरीको पोस्ट वैशाख ३१ मा स्थापना गर्ने गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका अनुसार त्यहाँ सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी लगिने जनाएको छ । गृहमन्त्रालयले यस अघि हेलिकप्टरका लागि नेपाली सेनालाई पत्र पठाइसकेको छ । अवाश्यक सामाग्रीलगायत हेलिकप्टरमार्फत लगिने जनाइएको छ ।

भारतले पुनः नेपाली भूमिबाट सडकको उद्घाटन गरेपछि त्यहाँ नेपाल सरकारले सशस्त्रको सुरक्षा पोष्ट राख्न लागेको हो । प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बीओपीमा राखिने छ । स्थानीयले छांगरुमा भवन निर्माण गर्न जमिनसमेत उलब्ध गराइसकेका छन् ।