३ कार्तिक २०८३, मंगलबार

नयाँ कोरोना संक्रमित युवा २० दिन अघि १४ जनासहित चितवनबाट सप्तरी पुगेको खुलासा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । सोमबार थपिएका कोरोना संक्रमित युवक चितवनबाट सप्तरी घर पुगेको खुलासा भएको छ । ति युवक २० दिन अघि चितवनबाट सप्तरी गएका स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार उनी १४ जनाको टोलीसहित चितवन पुगेर सप्तरी फर्किएका बताइएको छ ।

ति १४ जनालाई नै क्वारेन्टाइनमा राखिएको र सबैको आरडीटी गरिएको जनाइएको छ । सबैको आरडीटी परीक्षणमा नेगेटिभ नतिजा देखिएपछि सबैलाई आ आफ्नै घर पठाइएको स्थानीय जनप्रतिनिधिले बताए ।

संक्रमित युवा चितवनमा मजदुरी गर्न गएका बताइएको छ । उनीसँगै गएका अन्य १३ जना पनि मजदुरी नै गर्ने जनाइएको छ ।

युवकलाई अहिले राजविराजको गजेन्द्र नारायण अञ्चल अस्पतालमा ल्याउने तयारी गरिएको छ । त्यसपछि विराटनगर पठाउने नपठाउनेबारे निर्णय गरिने बताइएको छ ।

हालसम्म नेपालमा १ सय २१ जनामा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् भने निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको छ ।