
काठमाडौं, २९ वैशाख । नेपाली भूमीमा पर्ने लिपुलेकमा भारतीय सरकारले बनाएको सडकका सन्दर्भमा नेपालस्थित राजदूत विनयमोहन क्वात्रालाई बोलाएर परराष्ट्र मन्त्रालयले कुटनीतिक नोट थमाएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर सडक निर्माण भएको विषयमा जानकारी भारतीय सरकारलाई कुटनीतिक नोट पठाएका हुन् ।
विभिन्न ठाउँका सीमा विवादका सन्दर्भमा वार्तामार्फत समस्या समाधानको पहल भइरहेका बेला भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण र त्यसको उद्घाटन गरेको विषयमा जवाफ माग गरेको हो ।
राजदूत क्वात्रासँग नेपाली भूमी मिचेर सडक खनेको सन्दर्भमा मन्त्री ज्ञवालीले चासो राखेका थिए । नेपाली भूमीमा पर्ने लिपुलेकमा सडक निर्माणको काम जारी राखेको सन्दर्भमा पनि भारत सरकारसँग सोधिएको छ।











प्रतिक्रिया