बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउनमा बालबालिकाहरुसँग कसरी दिन बिताउने ?

पुष्पराज जोशी २०७७ वैशाख २९ गते १४:२६


पुष्पराज जोशी

कोरोना भाईरसद्धारा विश्व नै भयभित भैरहेको अवस्थामा कुनै पनि देशमा यस्तो भयावह अवस्थाबाट आफु बाँच्न र अरुलाई बचाउनका लागि सरकारको तर्फबाट जारी गरिएको लकडाउन प्रणाली जतिको उपयुक्त विकल्पहरु केही पनि हुन सक्दैन भन्ने कुरा विश्वको अनुभवले शिद्ध गरिसकेको छ ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा जहाँ साधन श्रोतका अभावका कारण तिव्रतम गतिका साथ फैलिँदै गैईरहेको यस महमारीको उपचारभन्दा रोकथाम झनै उपयुक्त तरिका भएकोले सरकारको आग्रह तथा निर्देशन पालना गर्नुका साथै प्रत्येक नागरिकको व्यक्तिगत तथा सामाजिक उत्तरदायित्व पनि हुन्छ की यस महामारीबाट आफू पनि बाँचोस् र अन्यमा फैलिन पनि नदेओस् ।

यसै  सन्दर्भमा नेपाल सरकारले पनि लकढाउन जारी गर्दै सम्पूर्ण नागरिकलाई स्वयम एकान्तवास रसेल्फक्वारेन्टीनका लागि आग्रह गरिएको यस अवस्थामा विद्यालय उमेरका बालबालिकाहरुमा यस महामारीको अत्यधिक असर पर्ने भएकोले यहाँ उक्त विषय वस्तुलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

कोरोना भाईरसबाट वर्तमान अवस्थामा उत्पन्न विभिन्न समस्याहरु विरुद्ध जारी रहेको विश्वव्यापी रुपमा संर्घष गर्न सामाजिक दुरीको व्यवस्थापनका लागि विश्वव्यापी लकडाउनका कारण प्रयजसो सबैका रोजगार तथा व्यापार व्यवसायको शिलशिलामा बाहिर रहेका आफन्तहरु कोहि सिमानामा, कोहि विदेशमा रोकिएका छन् भने यता देश भित्र रहेका सम्पूर्ण विद्यालय, कलकारखाना, कार्यालयहरु, यातायात, बजार आदि सम्पूर्ण क्षेत्र ठप्प रहेका छन् ।

यसरी सम्पूर्ण मानव जातिलाई नै चुनौती दिईरहेको कोरोना जस्तो विश्वव्यापी महामारी विरुद्धको अस्त्र भनेको एकान्तवास नै हो ।

बालबालिकाहरुको शरीर जस्तै मन मस्तिष्क पनि अत्यन्त सम्वेदनशील हुने र पेन्डामिक रोग आफैमा एक नकारात्मक कुरा भएकोले बालबालिकामा यसको सकारात्मक भन्दा नकारात्मक असरहरु बढी सकृय हुन्छन् ।

तर यसले बालबालिकामा कस्तो असर पाररिाखेको छ भन्ने कुरा वर्तमान अवस्थामा एउटा महत्वपर्ण विषयवस्त बनेको छ । बालबालिकाहरु सानोसानो परिवारमा कैद भैरहेको यस अवस्थाका नकरात्मक र सकारात्मक दुबै प्रकारका असरहरु देखा पर्न थालेका छन् ।

यद्यपि भविष्यमा गएर यस महामारीको एउटा रोमान्चकारी तर औधी दर्दनाक, दयनिय र भयावह अनुभवको मिश्रण हुनसक्ने यस घटनाद्धारा वर्तमानमा भने बालबालिकाहरु सधैँ सँगै खेल्ने, कुद्ने, पढ्ने, लेख्ने साथीहरुबाट टाढा हुनुपरेको छटपटीका कारण अत्यधिक तनावयुक्त र चिन्तित भैरहेको पाउन सकिन्छ । यस्तो अवस्थामा खास गरि साना बालबालिकाहरु भन्दा पनि किशोरावस्थाका बालबालिकाहरुमा यसको प्रभाव बढी देख्न सकन्छि ।

साना बालबालिकाहरुका लागि साथी भनेका ति हुन जससंग सधै खेल्ने र रमाउने गरिन्छ भने किशोरकिशोरीहरुका लागी साथी भनेका तिहुन जसको साथ, संगत तथा निकटताबाट अनन्दको अनुभूति हुनुका साथै जस संग मनका कुरा आदान प्र्दान गरी तनाव मुक्त भईन्छ र गाह्रोसारोमा एकअर्कालाई साथदिने गरिन्छ तर यस भयावह अवस्थाका कारण बालबालिकाहरु एक अर्कासँग दुरी बनाएर एकान्तबास बसिरहेका छन् ।

आफ्ना दौतरीहरुबाट छुटिटएको पिडाका कारण एक्लो पन महसुस भैरहने, लामो समय सम्म विध्यालय बन्द भएकाले पढाई प्रति अन्यौलता छाएको महामारीको मानशिक तथा मनोबैज्ञाकि त्रास, चिन्ता, दिक्दारीपन, बिक्षिप्तता,चिढचिढाहट जस्ता थुप्रै समश्याहरुका साथै लकडाउनका कारण सम्भावित समश्याहरु जस्तै चोरी, ठगी, बलात्कार जस्ता सामाजिक अपराध समेत भोग्नु परिरहेको छ भने अर्कोतिर आ–आफ्ना आमाबुवा, दाजुभाई तथादिदीबहिनीहरु सम्पूर्ण परिवार एकै साथ घरमासँगै खानपान गर्ने, रमाउने र सामिप्यता पाउँदाको खुसीको वर्णन पनि गर्न सक्नुहुन्छ । बिहानै उठ्नु परेको छैन ।

गृहकार्य गर्नु परेको छैन । घरव्यवहार सिक्ने अवसर प्राप्तभएको छ साथै भान्सा, करेसाबारी, खेतीपाती, सरसफाइृ र घर सजावट जस्ता विभिन्न जीवनशैली सिक्ने अवसर पाईरहेका छन् ।

बालबालिकाहरुको शरीर जस्तै मन मस्तिष्क पनि अत्यन्त सम्वेदनशील हुने र पेन्डामिक रोग आफैमा एक नकारात्मक कुरा भएकोले बालबालिकामा यसको सकारात्मक भन्दा नकारात्मक असरहरु बढी सकृय हुन्छन् ।

त्यसकारण अभिभावकहरु द्धारा कोरोना भाईरसको प्रत्यक्ष तथा अप्रत्यक्ष असरहरुबाट बालबालीकाहरुलाई बचाउन निम्न तरीकाहरु अपनाउन सकिन्छ ।

१.बालबालिकाहरु अभिभावकहरुको मनस्थिति र मानसिक अवस्था सहजै थाहा पाउन सक्ने हुदाँ अभिवाकहरुले सर्वप्रथम आफ्नै चिन्तित अथवा त्रसित अवस्थालाई सहज तुल्याइ प्रफुल्ल मुद्रामा बालबालिका सामू प्रस्तुत हुनु पर्दछ ।

२. बालबालिकाहरु आफैलाई के के कुरा थाहा छ भन्ने कुरा उनीहरुबाट सन्ुने र उनीहरुलाई कोरोनाका सम्बन्धमा थाहा नभएको तर विज्ञ हरुबाट प्राप्त थप जानकारी दिन सके उनीहरुको मानसिक तनावलाई कम गर्न सकिन्छ ।

३. बालकालीकाहरुको व्यवहार अध्ययन गरेर सामान्य वा असामान्य कस्तो खालका व्यवहार जस्तै डर, दिक्दारी पन, चिन्ता, तनाव आदि देखाईरहेका छन् र त्यस्तो कुन कुराबाट बढी भईरहेको छ भन्ने पत्ता लगाई कुराकानीलाई सहज ढंगबाट संचालन गरी विषय वस्तुको विश्लेषण गर्दा सहजता महसूस गर्न सक्दछन् ।

४. तथ्यमा आधारित आधिकारिक सुचनाहरु मात्र बालबालिकाहरुलाई दिने तर हल्लै हल्लाको समाचारहरुले निराशा पैदा गर्न सक्ने भएकाले त्यस्ता समाचारहरुका बारेमा कुराकानी नगर्ने ।

५. उनीहरुले बुझ्ने गरी उमेर अनुसारको जानकारी दिने र साना बा(लबालिकाहरुसँग आँखाको सतह मिल्ने गरी शारीरिक उपस्थिति मिलाएर कुरा गरेमा बालबालिकाहरु अभिभावकले आफुलाई राम्ररी बुझेको छ भनेर थाहा पाउछन् ।

६. बालबालिकाको पीडा, चिन्ता र डरको अवस्थाको अवलोकन गरी सोही अनुसार कुराकानी गरेमा उक्त नकारात्मक धारणाहरुसँग सहजै लड्न सक्छन् ।

७. बालबालिकाहरुको अगाडी जहिले पनि शान्त र सकारात्मक अभिव्यक्ति प्रर्दशन गर्ने ।

८. विज्ञहरुले दिएका सूझावहरु जस्तै : सरसफाई र रोगप्रतिरोधात्मक क्षमता बढाउने उपायहरु (पर्याप्त निन्द्रा, उपयूक्त भोजन, डर तथा तनाव न्यूनिकरण), अत्यधिक सरसफाई आदि सम्बन्धी कुरा गर्ने

९. उनीहरुको व्यवहार, डर, रिस, दिक्दारीपन चिन्ता, मानसिक तनाव र शारीरीक पीडा जस्तै टाउको दुख्ने, पेट दुख्ने, निद्रा नलाग्ने जस्ता समस्याहरुको अवलोकन गरी समस्या समाधानमा सहयोग गर्न सकिन्छ ।

१०.कोरोनाभाईरस अत्याधिक गतिका साथ फैलिने र महामारीको रुपमा भएता पनि आत्मबल र प्रतिरक्षा शक्तिद्धारा त्यसको सामना गर्न सकिन्छ भन्ने कुरामा आफू पनि विश्वस्त हुने र उनीहरुलाई विश्वस्त पार्ने ।

११. लकडाउनका कारण उपभोग गर्न पाईएका फाईदाहरुका बारेमा कुराकानी गर्ने जस्तै सपरिवार बस्न पाईएको, विहान सबेरै उठ्नु नपरेको, विद्यालय जाने हतार नभएको, गृहकार्य आदिको चिन्ता नरहेको आदि जस्ता कुराकानी गर्दा आननदको अनुभुति गर्दछन् ।

यसका साथै वयस्कहरुले बालबालिकाहरुमा परेको त्रास र यस त्रासद्धारा सिर्जना हुनसक्ने नकारात्मक मानसिक असरहरु कम गर्न विभिन्न तरिकाबाट सहयोग गर्न सकिन्छ ।

बालबालिकाहरुमा सानै उमेरदेखि सामाजीक भवनाको विकास हुने भएकाले आफ्ना साथीभाई र दौतरीहरुसँग छुट्टीएर बस्नु परेको पिडालाई न्यूनिकरण गर्दै गुणस्तरीय जीवनशैली तथा लकडाउनको अवधिमा आनन्दमय दिनचर्याका लागि थुप्रै कृयाकलापहरु बालबालिकाहरुसँगै मिलेर गर्न सक्छौँ ।

  • सामाजिक एकान्तपनलाई कम गर्न स्काईप, गुगल, फेसबुक आदिद्धारा साथीभाई कनेक्ट हुने अवस्थाको सृर्जना गर्ने ।
  • डिजिटल गेम, खेलहरु तथ्यपूर्ण समाचारहरु, मनोरञ्जनात्मक कृयाकलापहरुसँगै बसेर खेल्ने तथा मनोरञ्जन गर्ने ।
  • स्वस्थ, शारीरिक र मानसिक स्वास्थ्यका लागि शारीरीक कृयाकलापहरु जस्तै पारिवारीक शारीरीक अभ्यास तथा योग, लुकाछिपी खेल्ने, पारिवारीक वाक आदि गर्ने ।
  • घुमफिर गर्न जाँदा कुनै चिजवस्तुको सतह छुनबाट बचाउने, शारीरीक सरसफाईमा ध्यान दिने र सामाजीक दुरी कायम गर्ने कुराको सम्मान गर्ने र गर्न सिकाउने ।
  • घरका प्रत्येक सदस्यका लागि दैनिकि जस्तै बिहान उठने, सरसफाइ गर्ने, पारिवारिक छलफल, मनोरन्जन, अध्ययन, सुत्ने समय आदि तयार गरी सोही अनुसारको दिनचर्या अपनाउने ।
  • सम्पर्णू सदश्यहरु संगै बसेर संगीत, नृत्य, र घरभित्र खेल्न सकिने खेलहरुद्धारा मनोरन्जन गर्ने ।
  • बालबालिकाहरुलाई घर व्यवहारमा अफैसँग सरिक गरार्इृ प्रत्यक्ष जीवनशैलीको शीपहरु सिक्न मद्धत गर्ने ।

यसरी यस त्रासदीबाट बालबालिकामा पर्न सक्ने दिर्घकालीन असरहरुबाट बचाउन हर सम्भव प्रयास गरी स्नेहपूर्ण तरिकाले बालबालिकाको सहयोगी भई उनीहरुलाई सधैँ सक्रिय, शिक्षित र सभ्य नागरिक निर्माणमा मद्धत गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित