
सोलुखुम्बु, २९ वैशाख । सोताङ गाउँपालिका ३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिजसहित स्थानीय २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनीसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया