२ कार्तिक २०८३, सोमबार

रुसमा काेराेनाका संक्रमितकाे संख्या दुई लाख नाै हजार ६ सय ८८

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्काे, २९ वैशाख । रुसमा पछिल्लाे २४ घण्टामा ११ हजार १२ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाै हजार ६ सय ८८ पुगेकाे छ ।

आइतबार रुसमा ८८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । अब रुसमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय १५ भएकाे छ ।

रुसमा पछिल्लाे एक हप्तादेखि प्रतिदिन १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । रुसी अधिकारीहरुले परीक्षणकाे दायरा बढाइएकाेले यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएकाे बताएका छन् ।

रुस अब काेराेना सङ्क्रमित बिरामीहरुकाे सङ्ख्याकाे हिसाबमा विश्वभरिमा पाँचाैँ नम्बरमा आइपुगेकाे छ ।