
काठमाडौँ, २८ वैशाख । प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएका ४ चिनियाँ नागरिकलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ ।
उनीहरुलाई काठमाडौँंका जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएका हो ।
ति चिनियाँ नागरिकले सिंहदरबार अगाडी प्रदर्शन गर्ने क्रममा शुक्रबार प्रहरीमाथि कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।
उनीहरुले डीएसपी हरिबहादुर बस्नेतसहित अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।















प्रतिक्रिया