३ कार्तिक २०८३, मंगलबार

उच्च जोखिमका बाबजुद उदयपुरमा लकडाउन खुकुलो बनाइँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ वैशाख । कोरोना संक्रमणको उच्च जोखिम रहेको बाबजुद उदयपुरमा लकडाउन खुकुलो बनाइने भएको छ । आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले त्यहाँ लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले उदयपुर अझै उच्च जोखिममा रहेको पनि ठहर गरेको छ ।

बैठकले कोरोना परीक्षणको दायरा बढाउन प्रदेश सरकारसँग आवश्यक सामाग्रीको माग गर्ने निर्णय पनि गरेको छ ।

लकडाउने दैनिक जीवन निकै कष्टकर बनेको बताउँदै खुकुलो पार्ने बैठकले निर्णय गरेको हो । स्थानीय तहले थप राहत बाँड्न नसकिने भन्दै लकडाउन खुकुलो बनाउन माग गरेको पनि बताइएको छ ।

नेपाल सरकार तथा प्रदेश सरकारको निर्णय तथा आदेशहरुको पालना गर्दै नागरिकको दैनि जनजीवन सहज गर्न स्थानीय तह र जिल्ला प्रशासनले सहजीकरण गर्ने जनाइएको छ ।

उदयपुर कोरोना संक्रमणको दृष्टिकोणले निकै जोखिममा छ । शनिबारमात्रै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तो स्थितिका बाबजुद लकडाउन खुकुलो बनाउन लागिएको छ । संक्रमणले भयावह रुप लिँदा के गर्ने भन्नेबारे पनि स्थानीय प्रशासनले ध्यान दिन जरुरी छ ।