
काठमाडौँ, २८ वैशाख । कर्णाली प्रदेश सरकारले चिकित्सकसहितको टोली प्रदेशभर परिप्रद गरेको छ । प्रदेश सरकारले आइतबार प्रदेशका २७ ठाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।
सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यात्मक कार्यका लागि स्वास्थ्कर्मीको टोली विभिन्न ठाउँमा खटाइएको जनाएको छ ।
दैलेखका २, डोल्पाका ३, हुम्लाका ५, जाजरकोटका २, जुुम्लाको १, कालिकोटका ४, मुगुका ३, रुकुम पश्चिमका २, सल्यानका ३ र सुर्खेतका २ ठाउँमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखको लकान्द्रास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीवन ज्ञवाली र राकम कर्णाली स्वास्थ्यचौकीमा डा. सुवेश चौधरीको नेतृत्वमा टोली खटाइएको छ ।
डोल्पाको ईलाका स्वास्थ्य चौकी नार्कु, त्रिपुराकोट स्वास्थ्य चौकी, शहरतारा स्वास्थ्य चौकीमा क्रमशः डा. खिम केसी, डा. मच्छिन्द्र बडुवाल र डा. रमेश रोकाको नेतृत्वमा टोली पठाइएको छ ।
हुम्लामा डा. गजेन्द्र भामको नेतृत्वमा दार्मा स्वास्थ्यचौकी, डा. दिलसाही रोक्काको नेतृत्वमा साया स्वास्थ्यचौकी, डा. हरि सापकोटाको नेतृत्वमा श्रीनगर स्वास्थ्यचौकी, डा. हेमन्त चौधरीको नेतृत्वमा मैला स्वास्थ्यचौकीमा टोली पठाइएको जनाएको छ ।
त्यस्तै, जाजरकोटमा डा. शिव तिवारीको नेतृत्वमा दल्ली स्वास्थ्यचौकी र डा. भुपेन्द्र प्रकाश मल्लको नेर्ततमा दशेरा स्वास्थ्यचौकीमा टोली खटाइएको छ। जुम्लाको नाराकोट स्वास्थ्यचौकीमा डा. विशाल पोखरेल र डा. शम्भु यादवलाई खटाइएको छ ।
यस्तै कालिकोटको राम्नाकोट स्वास्थ्यचौकीमा डा. शुसान्त आचार्य, सकाटिया स्वास्थ्यचौकीमा डा. टंक आचार्य, जुविथा स्वास्थ्यचौकीमा डा. कमल घिमिरे र कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीतेन्द्र महतोको नेतृत्वमा स्वास्थ्कर्मीको टोली पठाइएको छ ।
मुगुको नाथर्पु स्वास्थ्यचौकीमा डा. सुमन सिमखडा, पुले स्वास्थ्यचौकीमा डा. शेरमान गुरुङ र काटडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा डा. किशोर खड्काको नेतृत्वमा टोली पठाइएको छ ।
रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालमा डा. सुभेच्छा झा, डा. दुर्गा थापा र आठविसकोट अस्पतालमा डा. चन्द्रेश कुमार सिंहको नेतृत्वमा टोली पठाइएको छ ।
सल्यानको धनबाँङ स्वास्थ्यचौकीमा डा. सनम शाक्य, कालीमाटी काल्चे स्वास्थ्यचौकीमा डा. हरिस कोजु, देवस्थल स्वास्थ्यचौकीमा डा. ईन्द्र बहादुर थापाको नेतृत्वमा टोली पठाइएको छ ।
सुर्खेतको गुटु स्वास्थ्यचौकीमा डा. लोकराज कँडेल र अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. अस्मिता भट्टराईको नेतृत्वमा टोली पठाइएको छ ।















प्रतिक्रिया