
काठमाडौँ, २८ वैशाख । भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
नेपालको भूमि फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग राख्दै सांसदहरूले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० किमी भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको सांसदहरूले उल्लेख गरेका छन् ।
नेकपाका सांसदहरू रामकुमारी झाँक्री, गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, यज्ञबहादुर बोगटीले र गणेशकुमार पहाडीले आइतबार प्रतिनिधि सभाको कार्यव्यवस्थामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
उक्त सदनमा पेस हुने नहुनेबारे सभामुख अग्नि सापकोटाले निर्णय गर्नेछन् । यदि प्रस्ताव दर्ता भएमा परराष्ट्रमन्त्री ज्ञवालीले जवाफ दिनुपर्नेछ ।















प्रतिक्रिया