काठमाडौं, २८ वैशाख । लिपुलेक क्षेत्रको विवादमा छिमेकी मुलुकहरू भारत र चीनको संलग्नता रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
भारतको नयाँ नक्सा सार्वजनिक भएपछि नै यो विवाद चरम भइसकेको अवस्थामा सडक निर्माणको उद्घाटनपछि झनै उग्र भएको छ । सर्वसाधारण सडकमा भारतविरुद्ध आन्दोलनमा उत्रिएका बेला प्रचण्डले भनेका छन्,‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ ।’
उनले अगाडि थपेका छन्,‘प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’
०७२ सालमा चिनियाँ राष्ट्रपति सी जिन फिनको भारत भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक जोड्ने सहमति भएको थियो । व्यापारका निम्ति सडक मार्ग जोड्ने उक्त सहमतिको त्यसबेला पनि नेपालका विभिन्न राजनीतिक दलले विरोध गरे पनि सरकारले खुलेर त्यसमा आपत्ति राखेको थिएन ।











प्रतिक्रिया