
काठमाडौँ, २७ वैशाख । काठमाडौँ उपत्यकामा आइतबारदेखि गाडी चलाउन टाइम कार्ड लागू हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने भएको छ ।
टाइम कार्डको लागू गर्न गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको महाशाखाले जनाएको छ ।
विहान ९ बजेदेखि साढे १० बजेसम्म सरकारी कार्यालयका सवारीलाई समय तालिका मिलाइएको छ भने घर फर्कन बेलुका ५ देखि ६ बजेसम्म व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
त्यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने जनाइएको छ ।
बिना काम बाहिर निस्कन नपाउने र त्यस्तो केही अत्यावश्यक परे प्रहरीलाई जानकारी गराउनुपर्ने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया