
काठमाडौँ, २७ वैशाख । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ ।
ति मेडिकल सामाग्री हिमालय एयरलाइन्सका जहाजबाट ल्याइएका हुन् ।
चीनबाट टेस्टिङ कीट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअस्ल, मेडिकल गगल्स नेपाल आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिइन् । यसअघि पनि चीनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामाग्री अनुदान स्वरुप नेपाललाई प्रदान गरेको थियो ।















प्रतिक्रिया