३ कार्तिक २०८३, मंगलबार

क्वारेन्टाइनमा रहेकी महिलाले दिइन् जुम्ल्याहा छोरीलाई जन्म

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । दाङको तुलसीपुरमा क्वारेन्टाइनमा बसेकी एक महिलाले दुई छोरीलाई जन्म दिएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका १३ निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार बेलुका जुम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् । उनको राप्ती प्रादेशिक अस्पतालमा नर्मल डेलिभरी भएको हो । दुवै शिशु र आमालाई स्थानीय बाल अस्पतालको आइसीयूमा राखिएको छ ।

उनीहरुको सम्पूर्ण खर्च त्यही निजी अस्पतालका सञ्चालक उवम् बालरोग विशेषज्ञ डा. किशोर खत्रीले व्योहोर्ने भएका छन् । त्यस्तै, उपमहानगरपालिकाले खानामा लाग्ने खर्च व्योहोर्ने भएको हो ।