३ कार्तिक २०८३, मंगलबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २७ वैशाख । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका ५ पाडाजुगीस्थित सडकमा ना.६ ख ५४०१ नम्बरको ट्रकले बा. ६८ प ९७७० नम्बरको मोटरसाइकललाई शुक्रबार राती ठक्कर दिँदा मोटसाइकल चालक ईलाम चुलाचुली गाउँपालिका ४ बस्ने ३० वर्षीय रण बहादुर लिम्बुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि दमक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।