१ कार्तिक २०८३, आइतबार

कोरोनाको जोखिमका बेला पनि मस्जिदहरू खोल्न अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद कतिपय देशहरूले मस्जिदहरू खोलेका छन् । रमजानको क्रममा शुक्रबारको नमाजका लागि केही देशहरूले मस्जिद खोलेका हुन् ।

सिरियामा सरकार नियन्त्रित केही क्षेत्रका मस्जिद खोलिएको थियो । यद्यपि मस्जिदलाई किटाणुरहित बनाएपछि खोलिएको थियो । प्रार्थना गर्न आएकाहरूलाई मास्क लगाउन भनिएको छ । सामाजिक दुरी पनि पालना गराइएको थियो ।

यसैगरी इरानको १८० शहरका मस्जिदमा पनि मानिसहरू प्रार्थना गर्न भेला भएका थिए । राजधानी तेहरानका मस्जिद भने बन्द रहे । तेहरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

यसैगरी बांगलादेशमा पनि सामाजिक दुरी कायम राखेर मस्जिद खोल्न दिइएको थियो । दक्षिण सुडान, अल्जेरिया, ट्युनिसिया र मोरक्कोमा भने रमजानको यस महिनामा मानिसहरूलाई घरमै रहेर प्रार्थना गर्न भनिएको छ ।