७ मंसिर २०८३, सोमबार

सात जनामा काेराेनाकाे संक्रमण, संक्रमितकाे संख्या १०९ पुग्याे

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ ।