
काठमाडौँ, २६ वैशाख । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर धनगढी ५ की कोरोना संक्रमित महिला घर फर्किएकी छन् ।
उनको पछिल्लो २४ घण्टाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनको देवरबाट उनमा कोरोना सरेको थियो । देवरको यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
सेती अस्पतालमा भर्ना भएका पाँचै जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
वैशाख १ पछि प्रदेशमा संक्रमित भेटिएका छैनन् ।
सुदूरपश्चिममा निकै संख्यामा भारतबाट नेपाली फर्केका छन् । यद्यपि परीक्षण कम भएको बताइएको छ ।















प्रतिक्रिया