३ कार्तिक २०८३, मंगलबार

सांसद अपहरणबारे यथार्थ बाहिर आउने विश्वास छ : नेता नेम्वाङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद डा. सुरेन्द्र यादवको अपहरण प्रकरणबारे सरकारले यथार्थ जानकारी दिनुपर्ने बताएका छन् ।

नेम्वाङले संसदको छैठौँ अधिवेशनमा दलको तर्फबाट आफ्ना भनाइ राख्दै उक्त घटनाका विषयमा जानकारी दिने विश्वास व्यक्त गरे । उनले आफ्नो दल कुनैपनि अपराधिक क्रियाकलापको विपक्षमा रहेको जनाउँदै यस विषयमा पनि सबै सत्य तथ्य बाहिर आउने बताए ।

त्यस्तै, उनले शान्ति प्रक्रियाको कतिपय काम बाँकी रहेको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरेर यसै अधिवेशनबाटै पूरा भएको घोषणा गर्न सकिने  पनि बताए ।