
काठमाडौं, २६ वैशाख । संघीय संसदका नेता, सांसद र कर्मचारीको कोरोना भाइरस (कोभिड १९)को रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उक्त स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।
अन्य ८३ जनाको रिपोर्ट आउन बाँकी छ । शुक्रबार बिहान स्वाब लिइएका उनीहरूको रिपोर्ट दिउँसोसम्म आएपछि ४ बजेपछि संसद बैठक बस्नेछ ।











प्रतिक्रिया