
काठमाडौं, २६ वैशाख । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा वार्ता भएको छ ।
संसद अधिवेशन सुरु हुने दिन प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्डसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी भएका छन् ।
संसद बैठकमा जानुपूर्व संसदीय दलको बैठक बस्ने परम्परा छ । तर, कोरोना भाइरसका कारण औपचारिक रुपमा बैठक बस्न नसके पनि अनौपचारिक हिसाबले सल्लाह भएको बताइएको छ ।
यसैबीच, अध्यक्षद्वयले नेकपाभित्रको विवाद समाधानका निम्ति छुट्टै वार्ता गरेका छन् । सचिवालय र स्थायी समितिको बैठकका निम्ति सहमतिको खाका तयार पार्न बैठक भएको बताइएको छ।











प्रतिक्रिया