
काठमाडौँ, २५ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १६ तथा २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरुसँग सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया