
काठमाडौँ, २५ वैशाख । उदयपुर भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् ।
विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका एकैदिन ८ जना संक्रमित निको भएका अस्पतालले जानकारी दिएको छ । उदयपुरका २८ जनामध्ये यससँगै १५ जना निको भएका छन् भने १३ जना उपचाररत छन् ।
नेपालमा हालसम्म निको हुनेको संख्या ३० जना पुगेको । आज निको हुनेमा एक भारतीय संक्रमित पनि रहेका छन् । निको भएकामध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।
९९ जना संक्रमितमध्ये ३० जना निको भइसकेका छन् ।















प्रतिक्रिया