
काठमाडौँ, २५ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक तयारी नपुगेर स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।
बिहीबार संसद बैठक भवनको निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यक तयारी नपुगेकैले स्थायी समिति बैठक नबसेको बताएका हुन् । उनले केही दिनमै दुई अध्यक्षबीच छलफल गरी तयारी गरेर बैठक बोलाउन पनि बताए ।
त्यस्तै, संसद भवन बैठक हल सोचेभन्दा पनि राम्रो सुरक्षा तथा तयारी गरिएकोमा खुशी व्यक्त गरे । सुरक्षित ढंगले बैठक सञ्चालन हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष प्रचण्डले जानकारी दिए ।















प्रतिक्रिया