
काठमाडौँ, २५ वैशाख । बाराको कबहीगोठस्थित दुईवटा गाडीमा जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि भीडलाई तितरबितर भएको थियो ।
नेपाल प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरी चेक प्वाइन्टमा ढुंगामुढा गरेका थिए । त्यसको जवाफमा हवाई फायर गर्दै सशस्त्रले उनीहरुलाई भारततिरै फर्काएको थियो ।















प्रतिक्रिया