३ कार्तिक २०८३, मंगलबार

जानकारी गराएरै प्रधानमन्त्री ओली निस्कनुभएको हो : प्रवक्ता श्रेष्ठ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए ।

उनी हिँडेको केहीबेरपछि बैठक सकिएको हो । उनी थाकेर पूरा समय बस्न नसक्ने भन्दै जानकारी गराएरै निस्किएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै केही कारणले जानकारी दिएर बैठकबाट निस्कन पाउने व्यवस्था रहेको जनाउँदै श्रेष्ठले प्रधानमन्त्री ओली शारिरिक तथा स्वास्थ्यको कारणले बीचमै निस्केको जनाए ।

नेकपाको वैशाख २० गतेको सचिवालय बैठकले वैशाख २५ गतेको लागि स्थायी कमिटी बैठक आह्वान गरेको थियो ।

तर अब बैठक बस्ने नबस्नेबारे निर्णय अध्यक्षद्धयले गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले आजको बैठकमा स्थायी कमिटी बैठकमा छलफलका लागि लगिने प्रस्तावका बारेमा कुराकानी भएको पनि बताए ।