३ कार्तिक २०८३, मंगलबार

नेकपा सचिवालय बैठक चल्दाचल्दै किन निस्के प्रधानमन्त्री ओली ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । नेकपाको सचिवालय बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली एक्कासि बाहिरिएका छन् । उनी बैठक सुरु भएको केही समयपछि निस्किएर हिँडेको स्रोतले जनाएको छ ।

आजको सचिवालयमा भोलि बोलाइएको स्थायी समितिको प्रस्तावबारे छलफल हुने जनाइएको थियो । उनलाई अन्य नेताहरुले पर्खिरहेको जनाइएको छ । पार्टीमा एक पद एक जिम्मेवारीको छलफल उठेको छ । ओली किन निस्किएका हुन् भन्नेबारे केही बताइएको छैन ।

यद्यपि बैठकमा भनाभन भएर प्रधानमन्त्री ओली बाहिरिएको स्रोतले दावी गरेको छ । ओली निस्किए पनि बैठक जारी नै रहेको जनाइएको छ । त्यस्तै, बैठकले शुक्रबार विहान ११ बजेलाई स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।