३ कार्तिक २०८३, मंगलबार

आज एकैदिनमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
नयाँ संक्रमितहरु सबैजना पर्सा, वीरगञ्जका रहेका उनले जनाए । त्यस्तै, थप संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका रहेका छन् ।

जसमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ पुरुष र २८ जना महिला रहेका प्रवक्ता देवकोटाले जनाए ।

प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना त्यसैगरी हालसम्म कर्णालीमा संक्रमित छैनन् भने सुदूरपश्चिममा ५ जना संक्रमित रहेका छन् ।