३ कार्तिक २०८३, मंगलबार

भारतीय एसएसबी र गाउँलेले कुट्दा १२ नेपाली घाइते

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ वैशाख । बारा जिल्लाको नेपाल भारत सीमा नाकामा सुरक्षाकर्मी, गाउँले र नेपालीबीच झडप हुँदा १२ नेपाली घाइते भएका छन् । विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको सीमाक्षेत्रमा झडप भएको थियो ।

भारतीय एसएसबी र भारतीयको कुटपिटबाट १२ नेपाली घाइते भएको त्यहाँका वडाध्यक्ष मदन यादवले जानकारी दिए । उनीहरुमध्ये २ जनामा गम्भी चोट लागेको यादवले बताए ।

बलिरामपुरका छोटेलाल साहले दशगजा छेउको आफ्नो खेतमा काम गरिरहेका बेला भारतीय एसएसबीले उनीमाथि कुटपिट गरेका थिए । नेपाली किसान कुटिएपछि प्रतिवाद गर्न दशगजा क्षेत्र गएका गाउँका किसानमाथि एसएसबीले लाठी चार्ज गरेका थिए ।

त्यहीक्रममा भारतीय गाउँकाले पनि नेपालीमाथि ढुंगा मुढा प्रहार गरेका थिए । नेपाली पनि प्रतिकारमा उत्रिएका वडाध्यक्ष यादवले जनाए । सोमबार एक नेपाली किसानले दशगजाको आफ्नै जग्गाबाट तरकारी टिपेका थिए ।

त्यही निहुँमा एसएसबीका जवानले उनलाई कुटेका थिए । त्यसको आक्रोशमा नेपाली युवाले ती एसएसबीलाई कुटेपछि विवाद बढेको थियो । हाल त्यहाँ दुवै पक्षका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।