
सल्यान, २४ वैशाख । कुमाख गाउँपालिका ३ तिनाली बस्ने ३६ वर्षीय अतिराम रानाको घरमा मंगलबार बिहान परेको चट्याङ लागेर उनकी ६ वर्षीया छोरी हिमानी रानाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका अतिराम समेत ५ जनालाई उपचारको लागि सोही अस्पताल लगिएकोमा उनीहरुमध्ये ३ जना उपचार पश्चात् घर फर्किएका छन भने २ जनाको उपचार भइरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया