
काठमाडौं, २४ वैशाख । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका निम्ति जारी लक डाउनलाई प्रभावकारी मान्दै सरकारले १० दिन थपेको छ ।
२५ वैशाखसम्मका लागि रहेको लक डाउनलाई ५ जेठसम्म जारी राखिने बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
अत्यावश्यक सेवाबाहेक नागरिकलाई घरमा बसेर कोरोना संक्रमणको जोखिमबाट टाढा रहनका लागि पनि सरकारले आग्रह गरेको छ ।











प्रतिक्रिया