
काठमाडौं, २४ वैशाख । बिराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरस संक्रमण निको भएका ६ जनालाई डिस्चार्ज गरिएको छ । तर पुनः संक्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई अझ केही समय बिराटनगरमै राखिने बताइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्येका ६ जना डिस्चार्ज गरिएको हो । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदा गरेका थिए । कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । उदयपुरमा संक्रमण पुष्टि भएका २८ जना तथा दुईजना झापा र एक जना भोजपुरका छन् ।











प्रतिक्रिया