काठमाडौं, २४ वैशाख । लकडाउनका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ ।
बैठकले जारी लकडाउन थप गर्ने निर्णय गर्ने जनाइएको छ । बैठक बिहान ११ बजेपछि बस्नेछ ।
यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ । समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने प्रस्ताव गरेको छ ।
नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन जारी छ । चौथोपटक थप भएको लकडाउनको अवधि बिहीबार सकिने छ । सो भन्दा पहिले नै लकडाउन थप्नेबारे निर्णय मन्त्रिपरिषदले गर्न लागेको हो ।
भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन ।















प्रतिक्रिया