७ मंसिर २०८३, सोमबार

अब नेपालमा भेटिएकाे काेराेनाकाे जिनकाे अध्ययन हुने

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ वैशाख । नेपालमा कोरोना भाइरसको जिनको अध्ययन हुने भएको छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ ।

कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइनेछ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न थालिएको जानकारी दिएका छन् ।

अध्ययनका लागि नेपालमा रहेका भाइरोलाेजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएकाे छ । परिषद्ले सङ्क्रमितहरूकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउनेछ ।

अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइनेछ ।