सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

ह्वाइट हाउस काेराेना टास्क फाेर्स परिवर्तन गर्ने ट्रम्पकाे घाेषणा

दैनिक नेपाल २०७७ वैशाख २४ गते ७:३५

न्युयाेर्क, २४ वैशाख । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रप्पले ह्वाइट हाउस काेराेना टास्क फाेर्सलाई समाप्त गर्न लागिएकाे जनाएका छन् ।

टास्क फाेर्सले आफ्नाे काम निकै कुशलतापूर्वक निभाएकाे तर अब यसमा केही परिवर्तन गरिने उनले बताए ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि काेराेना टास्क फाेर्स आउने केही हप्तामा समाप्त गरिने बताएका छन् ।

अहिले अमेरिकामा प्रत्येक दिन औसत २० हजार काेराेना भाइरसका बिरामी देखिने गरेका छन् । एक हजारभन्दा धेरैकाे ज्यान गइरहेकाे छ । अमेरिकामा काेराेनाकाे कारण अहिलेसम्म १२ लाख सङ्क्रमित भएका छन् भने झण्डै ७० हजारकाे ज्यान गइसकेकाे छ ।

टास्क फाेर्सकाे समाप्तिलाई लिएर साेधिएकाे प्रश्नकाे जवाफ दिँदै ट्रम्पले टास्क फाेर्सलाई समाप्त गर्नुकाे अर्थ काेराेना भाइरसविरुद्धकाे लडाइँ सकिएकाे भन्न नमिल्ने बताए ।

उनले भने, ‘याे बिलकुल हाेइन । काेराेना समाप्त भएपछि मात्र मिसन पूरा हुन्छ ।’ ट्रम्पका ज्वाइँले दाेस्राे टास्क फाेर्सकाे नेतृत्व गर्ने बताइएकाे छ, जसले काराेबारकाे बहालीमा ध्यान दिनेछ ।

पत्रकारसँगकाे कुराकानीमा ट्रम्पले भने, ‘हामी हाम्राे देशलाई आउँदाे पाँच वर्षसम्म बन्द गर्न सक्दैनाैँ ।’ ह्वाइट हाइसकी प्रेस सचिव केली मैकएनानलीले यस विषयमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञसँग सल्लाह नलिएकाे भन्ने आराेपकाे खण्डन गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित