
काठमाडौँ, २३ वैशाख । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गरिरहेकामध्ये ६ जना कोरोना संक्रमित निको भएका छन् ।
उनीहरुको पीसीआर परीक्षण्मा लगातार दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । उनीहरु उदयपुरका २८ जनामध्येका हुन् ।
उनीहरुको वुधबार विहान डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । यससँगै कोरोना जित्नेको संख्या २२ पुगेको छ ।
नेपालमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।















प्रतिक्रिया