-वि. वि. श्रेष्ठ
तनहुँ, २३ वैशाख । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) व्यास नगर कमिटीले, व्यास नगरपालिका तनहुँ कोभिड–१९ को राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ ।
नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले उक्त राहत रकम व्यास नगरपालिकाका मेयर वैकुष्ठनाथ न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
विश्व नै कोरोना रोगले तहसनहस पारेको सन्र्दभमा समाजका विपन्न, मजदुर वर्ग, अल्पसंख्यक वर्गमा परेको समस्यालाई मध्यनजर गर्दे राहत रकम कोषमा जम्मा गरिएको अध्यक्ष कार्कीले बताए ।
लामो समयसम्म देश मा लकडाउनका समस्यामा रहदाँ निश्चय पनि मजदुर वर्ग र दैनिक ज्यालादारी गर्ने वर्ग समस्यामा पर्ने नै भयो ।
उनीहरुका समस्यालाई थोरै भएता पनि सम्वोधन गर्नका लागि सम्बन्धित पालिका मार्फत नै सहयोग गर्ने अभिप्राय स्वरुप राहत रकम प्रदान गरिएको हो, अध्यक्ष कार्कीले भने ।
पालिकामार्फत विगतमा राहत वितरण भएता पनि त्यसले मात्र उनीहरुको दैनिक गुजारा गर्न नसकेको सन्दर्भमा मानविय मुल्य मान्यताका आधारमा नेकपा व्यास नगर कमिटीमार्फत राहत रकम संकलन गरि राहतकोषमा रकम जम्मा गरेका हो ।
राहत रकम बुझ्दै व्यास नगरपालिकाका मेयर वैकुष्ठनाथ न्यौपानेले नेकपा व्यास नगर कमिटीवाट भएको उक्त कार्यको प्रशंसा गर्दै यो समयमा सवैको सहयोगले नै विपन्न वर्गको समस्या समाधान गर्न सकिने बताए ।
मानवीय जीवनमा आईपरेको समयमा गरिएको यो सहयोग आफैमा ठुलो हो, यस कार्यले भोकाहरुका भोक मेटाउनका लागी ठुलो सहयोग हुने छ ।
उनले राहत वितरणमा पारदर्शिता र आवश्यकतालाई हेरेर वितरण गर्दे आएको बताए । सोही अवसरमा उनले विश्व नै तहसनहस पार्ने कोरोना रोग रोकथामका लागी सम्पुर्ण पार्टी पंक्ति, आमनागरिक, वुद्धिजिवी र समुदाय नै लाग्न समेत उनले आग्रह गरे ।
सरकार र नागरिकको जिम्मेवारीले नै कोरोना रोकथाम नियन्त्रण गर्न सकिने हुदाँ सवैजना संयम र सचेत हुन समेत उनले आम जनसमुदायलाई अनुरोध गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी नेकपा का केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताको समस्या समाधानमा सधै साथ रहने भन्दै राहत रकम वितरणमा विशेष ध्यान दिन नगरप्रमुख न्यौपानेलाई आग्रह गरे ।
कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख मिरा जोशी, नेकपा गण्डकी प्रदेश कमिटी सदस्यहरु शंकरनारायण श्रेष्ठ, अतिन्द्र केशरी न्यौपाने, नगर कमिटीका सचिव रामचन्द्र सापकोटा लगायतको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया