
काठमाडौं, २३ वैशाख । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उच्च स्तरीय समितिले जारी लक डाउन १५ दिन थप्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषदको बैठकले आगामी १० जेठसम्मका लागि लक डाउन जारी रहने निर्णय गर्न सक्ने बताइएको छ ।
कोरोना संक्रमितको संख्या थपिए पनि लक डाउनका कारण त्यति फैलन नपाएको सुझावसहितको प्रस्ताव मन्त्रिपरिषदमा समितिले पेश गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्थाको मुल्यांकन गरी लक डाउन सम्बन्धी सुझावको माग गरेका थिए । मंगलबार बिहान ७ जनासहित नेपालमा संक्रमितको संख्या ८२ पुगिसकेको छ ।











प्रतिक्रिया