१ कार्तिक २०८३, आइतबार

भारतमा क्वारेन्टाइनमा टिकटक बनाउने सात जनाविरुद्ध मुद्दा दर्ता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २३ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको कारण रेज जोनु आउने परेको भारतकाे ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वरेन्टाइन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लंघन गर्दै टिकटकको भिडियो बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

उनीहरूले क्वरेन्टाइन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ ।

भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ । स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।