६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंकको अनलाईन सेवामा स्तरोन्नत्ती, घरमै बसेर खाता खोल्न सकिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ ।

सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको यस बैंकले सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृतरुपमा आफ्नो ग्राहकसामु प्रस्तुत गरेको जनाएकाे छ ।

यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकले घरमै वसिबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् ।

उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।