बैतडी, २३ वैशाख । बैतडीमा भारतीय सीमाबाट फर्केका नागरिकको कोराना परीक्षणको तयारी समेत गरिएको छैन् ।
भारतीय क्वारेन्टाइनमा ३५ दिन बिताएर स्वदेश फर्केका उनीहरूको कोरोना परीक्षण तयारीको सुरसार नभएकाे हाे ।
सीमाबाट फर्केका नागरिकको १४ दिनपछि मात्रै परीक्षण गरिने बताइए पनि स्वाब संकलनका लागि भने कुनै तयारी भएको छैन् ।
भारतबाट फर्केका नागरिकको स्वाब संकलनका लागि केही तयारी नरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताएका छन् ।
अहिले जिल्लामा आरडीटी कीटको समेत अभाव रहेको छ । १३ सय बढी नागरिकका क्वारेन्टाइन छन् । जिल्लामा कीट अभाव रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।
आरडीटी कीट अभाव भएपछि जिल्लाका सबै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको द्रुत परीक्षण समेत प्रभावित भएको छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रले केही दिनअघि भारतबाट फर्केका सबै नागरिकको दु्त परीक्षण गर्ने निर्णय गरेको थियो।
बैतडीमा चैत महिनामात्रै ४ हजार ८ सय बढी नागरिक भारतबाट भित्रिएका छन् भने गत वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट १३ सय बढी नागरिक भित्रिएका छन् ।











प्रतिक्रिया